
डडेलधुरा, ९ मंसिर । डडेल्धुरामा १३ दिनको शिशुसहित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका–२ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो ।
घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भीरबाट लडेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया