१ कार्तिक २०८३, आइतबार

प्रचण्डसँग भेटेर के भनिन् चिनियाँ राजदूतले ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । सत्तारुढ दल नेकपाभित्र संकट गहिरिरहेकै वेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार भेटवार्ता गरेकी छिन् ।

एक साताकै बीचमा राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीपछि प्रचण्डसँग खुमलटारस्थित उनको निवासमा पुगेर भेटवार्ता गरेकी हुन् । यसअघि गत २ मंसिरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

भेटमा पछिल्लो विकसित घटनाक्रम र नेपाल–चीन सम्बन्धलगायतका विषयमा छलफल भएको प्रचण्डनिकट स्रोतले जनाएको छ । भेटमा राजदूत यान्छीले नेकपाको पछिल्लो तनावबारे चासो राखेकी थिइन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले चीन र नेपालबीचको सम्झौता कार्यान्वयन, दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउनेलगायतका विषयमा केन्द्रित रहेर अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच कुराकानी भएको जानकारी दिए ।

‘उहाँहरूको बीचमा नेपाल–चीनबीचको यसअघिका सम्झौता कार्यान्वयन, नेपालको पछिल्लो परिस्थिति र दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ,’ भेटपछि सापकोटाले भने ।

त्यसैगरी राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ सरकार सञ्चालनको सन्दर्भमा निकालेको तेस्रो पुस्तक पनि उपहार दिएकी सापकोटाले जानकारी दिए ।

राजदूत यान्छीले चीन सरकारको तर्फबाट नेपालीको हालै सकिएको दसैँ, तिहार, छठजस्ता चाडपर्वको शुभकामनासमेत दिएकी थिइन्, आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।