२ कार्तिक २०८३, सोमबार

भारतमा २४ घण्टामा ४४ हजार ५९ संक्रमित थपिदा ५११ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित फेला परेका छन् भने ५११ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ भने मृतको संख्या १ लाख ३३ हजार ७३८ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छ ।