
काठमाडौं, ९ मंसिर । निर्माणाधीन चलचित्र कोकाकोलाको सुटिङ सेटमा अभिनेत्री मन्दाना करिमीमाथि दुर्व्यवहार भएको छ ।
भारतीय सञ्चारमाध्यम जी न्यूजको अनलनाइन संस्करणमा प्रकाशित समाचारअनुसार हालै मन्दानाले कोकाकोलाको सेटमा आफूलाई प्रताडित गरिएको आरोप लगाएकी छिन् ।
उनले चलचित्रका निर्माता महेन्दर धारिवाललाई यस्तो आरोप लगाएकी हुन् । अभिनेत्री मन्दनाना हाल कोकाकोलामा काम गरिरहेकी छिन् ।
चलचित्रको सेटमा अन्तिम दिन उनलाई प्रताडिन गरिएको उनको भनाइ छ । ‘कोकाकोलाको सुटिङको अन्तिम दिन म सबै काम सकाएर फर्कन चाहन्थें । मलाई प्रोड्युसरले एक घण्टा पर्खिन भने । तर, म बस्न चाहन्न थिएँ’, मन्दानाले भनेकी छिन्– ‘जब भेनिटी भ्यानमा म गएँ, प्रड्युसरले मलाई एक घण्टा पर्खनै पर्छ भनेर कराउन थाले । जबकि सेटमा कोही असिस्टेन्ट पनि थिएनन् ।’
त्यस बखत आफ्ना कोरियोग्राफरहरुले मद्दत गरे र प्रड्युसरलाई बाहिर निकालेको भन्दै उनले एक अन्तर्वार्तामा भनिन्, ‘दिवालीको एक रात पहिला कोकाकोलाको सेटमा मैले खराब व्यवहारको सामना गर्नुपर्यो । म अझै सक्ड छु कि कसरी यस्तो भयो ? कोकाकोला चलचित्रका लागि हामी १ वर्षदेखि मेहनत गरिरहेका छौं ।’
जी न्युजको अनलाइन संस्करणका अनुसार निर्माता धारिवालले फिल्मको सेटमा मन्दानाको काम अव्यावसायिक भएको आरोप लगाएका छन् । यो प्रोजेक्टका लागि लकडाउनअघि नै मन्दानालाई ७ लाख रुपियाँको डिल साइन गरेको तर लकडाउनपछि पुनः दोस्रोपटक फिल्मको सुटिङ शुरु भएपछि मन्दानाले नखरा देखाएको आरोप निर्माता धारिवालको छ ।
मन्दानाले सुटिङका लागि दिल्लीमा एक दिन बस्न थप २ लाख रुपियाँ माग गरेको र साँझ ७ बजे नै फर्किन खोजेको धारिवालले बताएका छन् । निर्माता धारिवालले डेढ सालको प्रोजेक्टका लागि मन्दानाले ७ लाखको साटो १७ लाख रुपियाँ लिएको आरोप पनि लगाएको समाचारमा उल्लेख छ ।















प्रतिक्रिया