२ कार्तिक २०८३, सोमबार

कक्षा १२ को परीक्षा आजदेखि, ढुक्क भएर सहभागी हुन परीक्षार्थीलाई सरकारको आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ ।

कोरोना भाइरसको संक्रमणबाट टाढै रहन सरकारले आवश्यक सम्पूर्ण तयारी गरेकाले परीक्षामा ढुक्क भएर सहभागी हुन परीक्षार्थीलाई सरकारले आग्रह गरेको छ ।

आजदेखि शुरु हुने यो परीक्षामा करिब ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन् । देशभर ४ हजार १०५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने छ ।

विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने छ ।

कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तरपुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

परीक्षा मंसिर १६ मा सकिने छ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।

४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ ।

गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो ।