काठमाडौँ, ८ मंसिर । नेपालमा गत २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या २ लाख २ हजार २ सय ६७ पुगेको छ ।
सोमबार १ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय २८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । जुन कुल संक्रमितको ९.५ प्रतिशत हो । हालसम्म कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १ हजार ३ सय ३७ जना पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस