
काठमाडौँ, ८ मंसिर । काठमाडौँ उपत्यकामा थप १ हजार ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
काठमाडौँमा सक्रिय संक्रमितको संय ८ हजार ६ सय ६७ जना, भक्तपुरमा ६ सय २८ जना र ललितपुरमा १ हजार ४ सय ९८ जना रहेका छन् ।
देशभर सोमबार थप १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया