
काठमाडौँ, ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
सोमबार ल्यान्डिङ गर्ने क्रममा पोखरा–२८ कालीकाका ३८ वर्षीय पाइलट राजु नेपालीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा प्याराग्लाइडिङ गर्न पुगेकी काठमाडौँ बूढानीलकन्ठ नगरपालिका–२ की यात्रु २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छन् ।
ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।
प्रहरीले फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना भएको जनाएको छ ।
दुवैलाई मेट्रोसिटी अस्पताल लगिएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए ।
यात्रु श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया