२ कार्तिक २०८३, सोमबार

पार्टीभित्रको विवादलाई सुस्पष्ट मार्गचित्रको अवसरमा बदल्नुपर्छ : ईश्वर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीभित्रको विद्यमान विवादहरुलाई सुस्पष्ट मार्गचित्र निर्माण गर्ने अवसरमा बदल्नुपर्ने बताएका छन् ।

विचार र नेतृत्वका देखिएको ‘ग्रे’ एरियालाई मेटाएर स्पष्ट मार्गचित्र बनाउने अवसरमा बदलेर पार्टीलाई नयाँ उचाइमा पुर्याउनुपर्ने धारणा उनले व्यक्त गरेका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ ।’