२ कार्तिक २०८३, सोमबार

सालकको खपटासहित काभ्रेका दुई युवा काठमाडौंको चावहिलबाट पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ मंसिर । प्रतिबन्धित सालकको खपटा विक्रीवितरण गरिरहेका काभ्रेपलाञ्चोकका दुई युवा काठमाडौंको चावहिलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ बाल्टिङका २५ वर्षीय विनोद तामाङ र काभ्रेकै सल्ले भुल्बु गाउँपालिका–३ का ४७ वर्षीय लालसिंह तामाङ छन् ।

सालकको अपटा विक्रीवितरण गर्दागर्दै पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ किलो २५ ग्राम तौलबराबरको खपटा र विभिन्न कम्पनीका मोबाइल सेटहरु बरामद गरेको छ ।

चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा विक्रीवितरण गर्नका लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाइ आइतबार दिउँसो चावहिलस्थित शान्तिगोरेटो चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाईएको प्रहरीले बताएको छ ।