
काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले ती सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएका सवारीसाधनमा ४९५ वटा दुई पाङ्ग्रे र १३९ वटा चार पाङ्ग्रे छन् । काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।















प्रतिक्रिया