१ कार्तिक २०८३, आइतबार

लिभरपुलले हरायो लेस्टर सिटीलाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको छ ।

सोमबार बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ ।

लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १–० र एभर्टनले फुलह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेका छन् । अर्को खेलमा आर्सनल र लिड्स युनाइटेड बराबरी खेलेका छन् ।