२ कार्तिक २०८३, सोमबार

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय नसच्याए अवरोध गर्ने कमल थापाको चेतावनी

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।’

त्यस्तै थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस् । भव्य पार्क बनाईयोस् । हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ । निर्णय पुनर्विचार गरियोस् । द्वन्द्व निम्त्याउने काम नहोस् । काठमाडौं मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वाको समेत अवमूल्यन भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन् । उहाँको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नायकका ठाउँमा पार्क बनाऔं ।’