
काठमाडौं, ७ मंसिर । २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनसरीका अशोक मेहता पक्राउ परेका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिका–८ डुम्राका २६ वर्षीय अशोक मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मेहताले ती युवतीलाई बिहीबार साँझ यौन दुर्व्यवहार गर्नाका साथै जबरजस्ती करणी समेत गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया