
काठमाडौं, ७ मंसिर । पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररत थप ५ हजार ६९९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर थप ५ हजार ६९९ जना कोरोना संक्रमण निको भएर घर फर्किएसँगै हालसम्म निको हुनेको संख्या १ लाख ९९ हजार २४ संख्या पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा आइतबार संक्रमित भने १ हजार ६६९ जना थपिएका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ छ भने ६८६ जना क्वारेन्टाइनमा छन् ।















प्रतिक्रिया