२ कार्तिक २०८३, सोमबार

एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएको मृतकका संख्यापछि नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३२१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६९ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा जम्मा ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६९९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ छ भने ६८६ जना क्वारेन्टाइनमा छन् ।