
काठमाडौं, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६९ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा जम्मा ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६९९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ छ भने ६८६ जना क्वारेन्टाइनमा छन् ।















प्रतिक्रिया