२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ मंसिर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत सप्तरीको राजविराज–२ का जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको छ ।

५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । नोबेल मेडिकल कलेजका अनुसार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको भए पनि क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।

दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको हो ।