२ कार्तिक २०८३, सोमबार

प्रशारण लाइनमा नयाँ फडको : प्राधिकरणले जोड्यो काठमाडौं–ढल्केवर प्रशारण लाइनमा लुप

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–ढल्केवर प्रशारण लुप (सर्कल) जडान गरेर प्रशारण लाइनमा नयाँ फड्को मारेको छ ।

प्राधिकरणले २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जडान गर्दा लुप जडान गर्न सकेको थिएन । प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निर्देशनपछि अहिले लुप जडान गरिएको बताइएको छ ।

ग्रिडका दक्ष इन्जिनीयरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी उक्त लुप जोड्न सफल भएको शाक्यको चनाइ छ ।

लुप जडान नहुँदा पटकपटक स्विचिङ गर्दा विशेष गरी औद्योगिक ग्राहकलाई मर्का परिरहेको थियो । आज आइतबार दिउँसोबाट सो लुप चालु रहने भएकाले उक्त समस्या हटेको प्राधिकरणको दाबी छ ।

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशारण हुने र ‘मेक बिफोर ब्रेक’ गरिँदा विद्युत् काट्नु पर्ने बाध्यता नहुने प्राधिकरणको विश्वास छ ।