२ कार्तिक २०८३, सोमबार

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ मंसिर । म्यानचेस्टर सिटीमाथि प्रभावशाली जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले पेप गार्डिवलाको म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो ।

टोटनह्यामका लागि सन हेङ्ग–मिन र जिओभानी लो सेल्सोले गोल गरेका हुन् । सनले पाँचौँ तथा लो सेल्सोले ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ९ खेलबाट २० अंक भएको छ । उ दोस्रो र तेस्रो स्थानमा रहेका चेल्सी र लेस्टर सिटी भन्दा दुई अंकले अघि रहेको छ ।

शनिबार राति नै भएको खेलमा चेल्सीले न्यूक्यासलमाथि २–० कै जित दर्ता गरेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने न्यूक्यासलका फेर्नान्डेजले आत्मघाती गोल गरे । जितपछि दोस्रो स्थानको चेल्सीको १८ अंक भएको छ ।

अरु खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्रुनो फेर्नान्डेसले पेनाल्टी मार्फत गोल गरेका हुन् । अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ ।