मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

२४ घण्टामा १६७४ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर ६ गते १६:२१

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

८ हजार १४४ जनाको नमूना परीक्षण गर्दा १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित