२ कार्तिक २०८३, सोमबार

विप्लव समूहका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन् ।

सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले शुक्रबार राति ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।

दोलखाको बिगु गाउँपालिका–३ बुलुङ घर भएका हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र दोलखाकै बैतेश्वर गाउँपालिका–३ घर भएका हाल बागडोल बस्ने ४१ वर्षीय प्रेमबहादुर दर्नाल पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।