
धनगढी, ६ मंसिर । बझाङमा पानी पिउन गएका एक बालक बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो सेती नदीमा पानी पिउन गएका जयपृथ्वी नगरपालिका–४ का ६ वर्षीय उत्तर पुरी बगेर बेपत्ता भएका हुन् । उनीसँगै परिवार सदस्य पनि सोही नदीमा पानी तान्ने मोटर निकाल्न गएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेको बताइएको छ ।















प्रतिक्रिया