२ कार्तिक २०८३, सोमबार

कांग्रेसको क्रियाशील सदस्य विवरण मंसिर मसान्तभित्र पठाइसक्नुपर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसको क्रियाशील सदस्य विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्नुपर्ने भएको छ ।

विवरण पठाउँदा नयाँ र नवीकरण गरेका सदस्यहरुको विवरण पठाउनु पर्ने निर्देशन पार्टी केन्द्रले दिएको छ । १४औँ महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो ।

कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।

कोरोना भाइरस महामारीका कारण क्रियाशील सदस्य वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए । कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि तल्ला तहमा रहेका पार्टी संरचनालाई भनेको छ ।

कांग्रेस पार्टी कार्यालयका अनुसार उसका अहिले ५ लाखको हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।