लण्डन, ६ मंसिर । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेर मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ ।
लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि पिएसजीले त्यसलाई जोगाउन सकेन ।
पिएसजीका लागि २५ र ३७ औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे ।
८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् । त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो ।
पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीको ११ खेलबाट २४ अंक छ । दोस्रो स्थानमा उक्लिएको मोनाकोको समान खेलबाट २० अंक भएको छ ।