२ कार्तिक २०८३, सोमबार

११ वटा गाई मारेको आरोपमा एक जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ५ मंसिर । ११ वटा गाई मारेर फालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ वटा गाई मारेर फालेको भेटिएपछि प्रहरीले पुर्चौडी–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको हो ।

गाईलाई भीरबाट खसालेर मारेको आशंका गरिएको छ । पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ ।प्रहरीले सोही वडाका सुरेश पार्कीको भने खोजी भइरहेको बताएको छ ।

पाटन नगरपालिकाबाट प्रतिगाई २ हजार ५०० का दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ । नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि २ हजार ५०० रुपैयाँका दरले २९ वटा गाई जिम्मा लगाएको थियो ।

शुक्रबार सिगास सामुदायिक वनको भेरी खोला पानीको मुहानमा ११ वटा गाई मृत फेला परेका थिए । मरेका गाईको व्यवस्थापन पाटन नगरपालिकाले गर्ने भएको छ ।