२ कार्तिक २०८३, सोमबार

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पश्चिम नवलपरासी, ५ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका–३ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर बताउने २४ वर्षीय हरिदर्शन बनियाँ र ४९ वर्षीय बिनोद बनियाँ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको हो । त्यसबेला उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।