
सप्तरी, ५ मंसिर । जिल्लाको शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना. ५ ख ६६४४ नम्बरको बस र बा. ४२ प १४२८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–७ का २५ वर्षीय सोनु पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया