
काठमाडौं, ५ मंसिर । काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणमा ललितपुरका खोकनावासीले पुनः अवरोध गरेका छन् ।
द्रुतमार्गको प्रस्थानविन्दु समेत रहेको खोकनाका स्थानीयले यसअघि पनि निर्माण कार्यमा पटक–पटक अवरोध गर्दै आएका छन् ।
द्रुतमार्ग निर्माण आयोजनाले व्यक्तिहरुका जग्गामा प्रवेश बिन्दु बनाएको भन्दै खोकनावासीले निर्माण कार्यमा अवरोध गरेका हुन् । स्नीयले शुक्रबार खुदोलमा गएर प्रवेश बिन्दु निर्माणमा अवरोध गरेको प्रहरीले बताएको छ ।
आफूहरूलाई जानकारी नै नदिई सरकारले धमाधम व्यक्तिगत जग्गामा द्रुतमार्गको काम गरेपछि आफूहरुले अवरोध गरेको जनसरोकार समिति खोकनाका कोषाध्यक्ष कृष्ण डंगोलले बताए ।
स्थिति तनावग्रस्त हुनसक्ने भन्दै प्रहरीले आफ्नो उपस्थिति बाक्लो बनाएको पनि बताइएको छ । खोकना, बुङमती र डुकुछापका स्थानीयले जति मुआब्जा निर्धारण गरे पनि आफ्नो जग्गा छाड्न नसक्ने बताउँदै आएका छन् ।
पुरातात्विक तथा सांस्कृतिक महत्वको वस्ती मास्न नहुने पक्षमा रहेका उनीहरु सरकारले जवरजस्ती बिगार्न खोजेको आरोप लगाउँदै आएका छन् ।















प्रतिक्रिया