
काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीतर्फका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।
गृह मन्त्रालयले मंसिर ७ गतेदेखि लागू हुनेगरी एसएसपीहरुको सरुवा गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यले जिम्मेवारी पाएका छन् । यस्तै यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीले अपराध अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
हेर्नुहोस् सरुवा भएका एसएसपीहरुको सूची–
















प्रतिक्रिया