२ कार्तिक २०८३, सोमबार

तत्कालीन माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, ५ मंसिर । तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र सरकारबीच शान्ति सम्झौता भएको आज (मंसिर ५ गते) १४ वर्ष पूरा भएको छ ।

१० वर्षभन्दा लामो सशस्त्र द्वन्द्व अन्त्य गरेको घोषणा गर्दै तत्कालीन सरकार र विद्रोही माओवादीले २०६३ साल मंसिर ५ गते आजैका दिन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । तर, शान्तिपूर्ण राजनीतिकमा आएको १४ वर्षे यो अवधिमा तत्कालीन नेकपा माओवादीका नेताहरुको नेतृत्वमा कयौंपटक सरकार निर्माण भए पनि शान्ति सम्झौता अनुसारका काम भने अझै पूरा हुन सकेका छैनन् ।

विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार सङ्क्रमणकालीन न्यायका पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न सकिएको छैन । यस्तै द्वन्द्वपीडितले समयमै न्याय प्राप्त गर्ने, विभिन्न आयोगहरुले दोषी ठहर गरेकालाई कारवाही गर्नेलगायत थुप्रै कामहरु अझै बाँकी छन् । तर, सरकारले यस्ता कामहरुलाइृ खासै प्राथमिकतामा राखेको पाइँदैन । पछिल्लो समय कम्युनिष्टहरुको अवस्था र कार्यशैली हेर्दा केव पद र शक्तिको झमेलामा नै क्रियाशील भएको देख्न सकिन्छ ।

यद्यपि, शान्ति प्रक्रियाका कार्यहरुमध्ये हतियार व्यवस्थापन, लडाकुको समायोजन, सङ्क्रमणकालीन न्यायीक संयन्त्रको गठन, संविधानसभाको चुनाव र संविधान निर्माण तथा कार्यान्वयन जस्ता काम भने भएर अगाडि बढेको छ ।