२ कार्तिक २०८३, सोमबार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ५ मंसिर । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।

आज शुक्रबार प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।