१० कार्तिक २०८३, मंगलबार

औषधि विभागद्वारा चारवटा उद्योगको सेनिटाइजर प्रयोगमा रोक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ मंसिर । औषधि व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका चारवटा उद्योगले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा रोक लगाएको छ ।

ती उद्योगका सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने विषाक्त रसायन (मिथानोल) को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि प्रयोगमा रोक लगाइएको हो ।

विराटनगर–१५ स्थित ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालि, सुनसरी नरसिंहस्थित सीता हर्बल केमिकल उद्योग, धरानको मकालु जडीबुटी उद्योग, विराटनगरको सुमिना उद्योगको सेनिटाइजर नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मिथानोल बढी प्रयोग भएको पुष्टि भएको थियो ।

मिथानोल प्रयोग गरेको पुष्टि भएपछि विभागले ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालिले उत्पादन गरेको दुई हजार लिटर सेनिटाइजर नष्ट गरेको छ ।

विभागका अनुसार अरू उद्योगले उत्पादन गरेर बजारमा पुर्‍याएको सेनिटाइजर पनि अनुगमन गरेर नष्ट गरिनेछ ।

विभागले यसअघि १४ ब्रान्डका सेनिटाइजरमा मिथानोल अत्यधिक मात्रामा मिसावट गरेको भन्दै प्रयोग गर्न रोक लगाएको थियो ।