२ कार्तिक २०८३, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा राजेश पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ४ मंसिर । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगरका २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेश समेतका ३ जनाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

फरार रहेका अन्य २ जनाको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।