२ कार्तिक २०८३, सोमबार

२१०३ जना नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १२२९ जना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका २ हजार १०३ जना नयाँ संक्रमित थप हुँदा काठमाडौं उपत्यकाका मात्रै १ हजार २२९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६ जना पुरुष छन् ।

यस्तै, काठमाडौंमा १२ हजार ४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २२ सय ४४ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।