२ कार्तिक २०८३, सोमबार

पाँच जना छोराछोरीकी आमासँग तेस्रो विवाह गरेर वडाध्यक्ष फरार

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ४ मंसिर । पाँच जना छोराछोरीकी आमासँग तेस्रो विवाह गरेर बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय इन्द्र कुमाई फरार भएका छन् ।

स्थानीयबाट कुमाईले तेस्रो विवाह गरेको जानकारी पाएपछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई समेत झुक्याएर उनी कान्छी पत्नीसहित फरार भएका हुन् ।

वडाध्यक्ष कुमाईले यसअघि दुईवटा बिहे गरेका छन् । उनका दुई श्रीमती सँगै बस्दै आएका छन् । उकोको पहिलो श्रीमतीबाट दुई छोरी र दोस्री श्रीमतीबाट दुई छोरा छन् । अहिले बिहे गरेकी स्थानीय महिलाका पनि पाँच जना छोराछोरी छन् ।

राईले यसअघिका दुवै विवाह दर्ता गरेको समेत पाइएको छ ।