
काठमाडौं, ४ मंसिर । सरकारले नेपाल प्रहरीमा १ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ ।
गृृह मन्त्रालयको सुझावअनुसार सरकारले सो दरबन्दी थप गरेको हो । यद्यपि, मन्त्रालयले भने ५ वटा डीआईजीको दरबन्दी मात्रै थप्नुपर्ने रायसहित संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो ।
दरबन्दी थपिएकोसम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी समेत हुन थालेको छ ।
थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहने बताइएको छ ।















प्रतिक्रिया