२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा थपिए कोरोना भाइरसका २१०३ जना नयाँ संक्रमित, डिस्चार्जको संख्या कति ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका २ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएका ९ हजार ८०५ जनाको नमूना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या हालसम्म १ हजार २७६ पुगेको छ ।

हाल देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।