९ कार्तिक २०८३, सोमबार

सुत्केरी महिलासहित काठमाडौँमा थप ३ कोरोना संक्रमितको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । काठमाडौँमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक सुत्केरी महिलासहित ३ जनाको मृत्यु भएको अस्पतालको कोभिड फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।

उनीहरु तीनै जनाको गएराती मृत्यु भएको हो ।

वाथरोगबाट पीडित रुपन्देहीकी २० वर्षीय महिलाको सुत्केरी भएको २८ दिनमा मृत्यु भएको हो । कोरोनापछि उनको फोक्सोमा पानी जमेको अस्पतालले जनाएको छ ।

त्यस्तै, मृत्यु हुनेमा सुगर, पत्थरी र किड्नीको समस्या भएका काठमाडौँका ६८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै, काठमाडौँकै अर्का एक जना पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । डा. थपलियाका अनुसार ति पुरुषलाई आकस्मिक कक्षमा राखेर भर्नाको तयारी गर्दागर्दै मृत्यु भएको हो ।