९ कार्तिक २०८३, सोमबार

विदेशीलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक लगाउने सरकारको निर्णय

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । नेपालमा मंसिर ३० गतेसम्म विदेशी नागरिकलाई प्रवेश रोक लगाइएको छ ।

सरकारले सबै किसिमका प्रवेशविन्दु र खुला सिमानाकाबाट हुन सक्ने आगमनलाई मंसिर ३० गतेसम्म प्रवेश रोक्ने निर्णय गरेको हो ।
कात्तिक २४ गतेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

यद्यपि नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनीहरुका परिवार भने ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्नेछन् । अध्यागमन विभागका अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा पिसिआर रिपोर्ट आवश्यक छैन ।

अध्यागमन विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ ।’

त्यस्तै, विभागमा सूचनमा उल्लेख छ, ‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने छ ।’