२ कार्तिक २०८३, सोमबार

त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ र लकडाउनका कारण स्थगित स्नातक तहको परीक्षा तालिका पुनः सार्वजनिक गरेको छ ।

यसअघि स्थगित उक्त परीक्षा यही मंसिर २८ गतेदेखि शुरु गरेकोगरी त्रिविले बिहीबार तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिकसत्र खेर जान नदिने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने त्रिविको तयारी छ ।

सोहीअनुसार त्रिविले व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान शंकायअन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो । अब लिइने परीक्षाको नतिजा आगामी चैतअघि नै प्रकाशित गर्ने तथा स्नातकोत्तर तहमा भर्ना हुने बाटो खुला गर्ने तयारी समेत त्रिविको छ ।

हेर्नुहोस् परीक्षा तालिकासम्बन्धी विवरण