२ कार्तिक २०८३, सोमबार

विश्वकप फुटबल छनोटमा अर्जेन्टिनासँग पेरु पराजित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ मंसिर । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हराएको छ ।

पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे ।

जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।

अपराजित ब्राजिलले उरुग्वेलाई २-० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।