२ कार्तिक २०८३, सोमबार

कोरोना भाइरसविरुद्धको खोपले मध्य डिसेम्बरसम्म स्वीकृत पाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ मंसिर । कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखाएको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ ।

जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकस्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताएका हुन् ।

रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

युरोपियन युनियनले पनि केही शर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।