
काठमाडौँ, ३ मंसिर । नेकपाका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शीर्ष नेता एकजुट नभए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दुवै अध्यक्षको अब १० दिनपछि बस्ने सचिवालयमा एउटै प्रस्ताव ल्याउनुपर्ने बताएका हुन् ।
‘फरक फरक प्रतिवेदन आएमा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ’ भन्दै उनले नयाँ पुस्तातिर नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था आउने उल्लेख गरेका छन् ।
वुधबारको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सचिवालयले नेकपा विवाद समाधान गर्न असफल भएको भन्दै सामूहिक राजीनामा दिएर नयाँ पुस्तालाई नेतृत्व हस्ताण्तरण गर्नुपर्ने बताएका थिए ।
मुख्यमन्त्री पोखरेलले पनि नयाँ पुस्तालाई नेतृत्व दिने अवस्था आउने बताएका हुन् ।















प्रतिक्रिया