९ कार्तिक २०८३, सोमबार

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरुबीच वुधबार जङ्गी अड्डामा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।