७ कार्तिक २०८३, शनिबार

युनाईटेड इन्स्योरेन्सबाट विदा भए भट्टराई, उपासनाले पाइन जिम्मेवारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । युनाईटेड इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएको छ ।

भट्टराईको करार अवधि समाप्त भएपछि कम्पनीबाट बिदाइ भएका छन् ।

भट्टराईको बिदाइ भएपछि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमा शुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको छ ।