३० आश्विन २०८३, शुक्रबार

यस्तो छ ठमेल डटकमको फस्टलुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thamel.com_काठमाडौं । नेपाली चलचित्र इतिहासकै पूरानो गोपिकृष्ण मुभिजले निर्माण गरेको नयाँ फिल्म ‘ठमेल डटकम’को फस्टलुक सार्वजनिक भएको छ ।

चलचित्र युनिटले सोमबार चरिकोटको रमणिय लोकेशनबाट फिल्म छयांकनको सुरुवात पनि गरेको छ । निर्माण युनिटले दिएको जानकारीअनुसार चरिकोटमा फिल्मका गीत तथा अन्य केहि दृश्यहरु खिचिनेछ ।

छयांकन थालिएसँगै फिल्मको फस्टलुकस्वरुप पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्या पात्रहरु फिचरीङ छन ।

अनुबिक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का, निता पोखरेल फिल्मका प्रमुख पात्रहरु हुन । गोपीकृष्ण मुभिज प्रालीको ब्यानरमा फिल्मलाई राजकुमार शर्मा ले निर्देशन गर्दैछन । फिल्मका प्रस्तुतकर्ता उद्धव पौड्याल हुन ।

फिल्ममा अर्जुन पोखरेल र बसन्त सापकोटाको संगीत रहनेछ भने एनबी महर्जनको द्धन्द, ब्रजेश खनालको पटकथा, राजुबिक्रम थापाको छयांकन तथा कबिराज गहतराज र गोविन्द राईको नृत्य रहनेछ ।