१ कार्तिक २०८३, आइतबार

रिपोर्ट कुन पत्याउने ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ मंसिर । मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कात्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो। कोरोना भाइरसको लक्षण मिलेपछि उनले कात्तिक ४ गते विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्न दिए।

तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो। संक्रमण पुष्टि भएपछि राय होम आइसोलेसनमा बसे। ११ दिनपछि रिपोर्ट नेगेटिभ आउने आसमा कात्तिक १७ गते विराटनगरको विराट मेडिकल कलेजको ल्याबमा उनले स्वाब दिए। तर, भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि राय फेरि ७ दिन आइसोलेसन बसे। कात्तिक २५ गते उनले पुनः विराटमा नै स्वाब दिए। ५ घण्टापछि रिपोर्ट त आयो तर, पुनः पोजेटिभ।

स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि रिपोर्ट शंका लागेपछि रायले विराटनगर–४ बरगाँछीमा सञ्चालित बी सियोर ल्याबमा पुन स्वाब दिए। सो ल्याबमा भने रिपोर्ट नेगेटिभ आयो। उनी भन्छन् ‘ल्याब सबै सरकारद्वारा मान्यता प्रप्त भन्छन्, चेक पनि गर्छन्, तर एकै दिन आएको रिपोर्ट फरक–फरक छ,’ कुनलाई आधार मान्ने ?’ तीन पटकसम्म पोजेटिभ रिपोर्ट आएका रायलाई अहिले कुनै स्वास्थ्य समस्या छैन।

पहिलो पटक कोसीमा स्वास्थ्य परीक्षण गराएको पनि एक महिना हुन लाग्यो। तर, एकै दिन पोजेटिभ र नेगेटिभ रिपोर्ट आउँदा अहिलेसम्म मन सन्तोष भने नभएको राय बताउँछन्।

‘कोरोना जस्तो कुरा, परिवारसँगै बस्नुपर्ने, हिँड्नुपर्ने, एउटा रिपोर्टले नहिँड भन्ने देखाउँछ, अर्कोले कोरोना छैन भन्ने देखाउँछ’, उनले प्रश्न गर्दै भने ‘अब मैले गर्ने के हो ?’ दुई थरी रिपोर्टले आफूलाई मानसिक तनाव बढाएको रायको गुनासो छ। अझै उनी सामाजिक दूरी कायम गरेर काम गरिरहेका छन्। रविन भट्टराईले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।