२ कार्तिक २०८३, सोमबार

२४ घण्टाको कोरोना अपडेट : ११९७ जना संक्रमित थपिए, २९३४ डिस्चार्ज, ९ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार १९७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८३२ जनाको नमूना परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

यस्तै सोमबार थप २ हजार ९३४ जना निको भएर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।

अब नेपालमा ३३ हजार ३७९ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयको भनाइ छ । यस्तै १ हजार १३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।