
काठमाडौं, १ मंसिर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
सोमबार शङ्खधर साख्वाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।
कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरे ।
सँगै हिँडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस् भन्नुपर्ने बाध्यता रहेका बताउँदै उनले कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी रहेको बताएका छन् ।
आज देशभरी नै नेपाल संवत्लाई स्वागत गर्दै राष्ट्रिय विभूति शंखधर शाख्वाको सम्झना गरिएको छ ।
नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।
२००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।















प्रतिक्रिया